बुढानिलकण्ठ वडा नं १०, ११ र १२ का २७ विपन्न परिवारलाई राहत

बुढानिलकण्ठ वडा नं १०, ११ र १२ का २७ विपन्न परिवारलाई राहत

कपन अनलाइन

काठमाडौं ,चैत २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ का विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका जिल्ला सदस्य धुर्वराज न्यौपानेको पहलमा युवा व्यवसायी माधव रोक्काको सहयोगमा ति वडाका २७ परिवारलाई राहत वितरण  गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको उपस्थितिमा ति विपन्न परिवारहरुलाई चामल,नुन ,तेल,चना ,चिनी,मसला,चिउरा,साबुन,स्यानिटाइजर,प्याज लगायतका सामाग्री सहयोग गरिएको थियो।

कोरोना कोभिड १९ को प्रकोपका कारण दैनिक खाध्य बस्तुको अभावमा संकट भोगिरहेका परिवारलाई सामान उपलव्ध गराएको समाजसेवी रोक्काले बताए।ति क्षेत्रका जनता बाट खाध्य सामाग्री आवस्यक रहेको सुचना प्राप्त गरे संगै सायोमी नेपाल र  मिसन अन्नपूर्णको सहयोगमा ति सामाग्री सहयोग गरिएको उनले जानकारी दिएका छन।

सो राहत वितरण पश्चात समाजसेवी रोक्का र सहयोगी संस्थालाई धन्यवाद दिदै  नगरपालिकाका अन्य वडामा पनि कोहि विपन्न तथा संकटमा भएमा सम्पर्क गर्नका लागि राहत वितरणको पहल गरेका न्यौपानेले बताएका छन।

तपाइँको प्रतिक्रिया ।