नगरपालिकाको कोषमा प्यावसन बुढानिलकण्ठको २ लाख ५ हजार ५ सय ५५
कपन अनलाइन
काठमाडौं ,चैत २६।
निजि तथा आवासीय विद्यालयहरुको संगठन प्यावसन बुढानिलकण्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ।
प्याव्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी र प्यावसन बुढानिलकण्ठका अध्यक्ष खेमराज घिमिरे सहितको टोलीले नगरपालिकाका प्रमुख उद्दव खरेललाई सो रकम हस्तान्तरण गरेका हुन्।
आफ्नो संस्थाको तर्फ बाट सामाजिक उत्तरदायित्व पुरा गर्दै सहयोग गरेको जानकारी दिदै प्यावसन बुढानिलकण्ठका अध्यक्ष घिमिरेले जानकारी दिदै नगरपालिकालाई अन्य सहयोग आवस्यक परेमा तयार रहेको बताएका थिए।
तपाइँको प्रतिक्रिया ।