मेलम्ची नगरपालिकाको कोषमा हाल सम्म २५ लाख ३५ हजार ८२ रुपैया जम्मा भयो
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत २६।
मेलम्ची नगरपालिका सिन्धुपाल्चोक द्वारा स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा चैत २५ गते सम्म २५ लाख ३५ हजार ८२ रुपिया ३३ पैसा जम्मा भएको छ ।
नगरपालिकाकी उपप्रमुख भगवती नेपाल द्वारा जारि गरिएको बिज्ञप्ति मार्फत उक्त जानकारी प्रदान गरिएको हो । त्यस्तै अन्य सहयोगी संघ संस्था तथा ब्यकतिहरुले पनि नगरपालिकाले उपलव्ध गराएको कोषको खातामा रकम जम्मा गर्न सकिने उपप्रमुख नेपालले बताएकी छन ।
तपाइँको प्रतिक्रिया ।