वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा अलपत्र महिलाको उद्दार
कपन अनलाइन
काठमाडौं ,चैत २४।
बुढानिलकण्ठ नगरपालिका बाट अलपत्र परेकी एक महिलाको उद्दार गरिएको छ।बिगत ३ दिन देखि सडकमा अलपत्र परेकी एक महिलाको विषम परिस्थितिमा पनि बुढानिलकण्ठ वडा नम्बर ३ को पहलमा उद्धार गरिएको हो ।
उद्धार गर्ने क्रममा बुढानिलकण्ठ ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख भुपेन्द्र गिरि,बुढानिलकण्ठ स्वास्थ्य चौकीका कर्मचारीहरु ,बुढानिलकण्ठ सुधार समाजका प्रमुख जीवन थापा र फ्रेस नेपाली अन्लाईन न्युजका सम्पादक मनोज सिटौला पनि उपस्थित रहेका थिए।
ती महिलालाई प्रहरिको बिशेष निगरानीमा नेपाल मानव आश्रम सेवा बालाजु शाखामा पठाएको वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।