“मेरो गाउँको लागि मेरो अभियान् नेपाल”बुढानिलकण्ठ – १३ द्वारा विपन्नलाई रासन सहयोग

“मेरो गाउँको लागि मेरो अभियान् नेपाल”बुढानिलकण्ठ – १३ द्वारा विपन्नलाई रासन सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सामाजिक समुह “मेरो गाउँको लागि मेरो अभियान् नेपाल” ले टुपेक नायाबस्तीमा रहेको डिस्ट्रिक अनाथ आश्रमलाई २ महिना पुग्ने रासन सहयोग गरेको छ।उक्त समुहले सो संस्थालाई ७५ केजी चामल,दाल ,आलु तेल नुन लगायत आवस्यक खाद्यान्न सहयोग गरेको हो।

चुनिखेलको सामाजिक कार्यमा सक्रिय मेरो गाउँको लागि  मेरो अभियान् नेपालका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा चुनिखेल टुपेक नयाँ बस्तीमा रहेको अनाथ आश्रम डिस्ट्रिक का १२ जना बालबालिकाका लागि अनाथ आश्रमका नन्द कुमारीलाई राहत  हस्तान्तरण  गरिएको  थियो।

त्यस्तै सस्थाले कौडोलका तीन असहाय परिवारलाई पनि परिवारै पिच्छे २५ किलो चामल दाल आलु नुन तेल बितरण गर्नु भएको छ ।। उक्त राहत वितरणक अवसरमा बुढानिलकण्ठ नगरपालिका नेकपा बुढानिलकण्ठ १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठ, समाजसेवी  देवराज के.सी ठमिन्द्र खतिवडा, उर्मिला खतिवडा, डामोदर पौडेल, धर्म श्रेष्ठ सहित संस्थाका सदस्यहरुको सहभागी रहेका थिए।

तपाइँको प्रतिक्रिया ।