बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापनमा नेकपा जिल्ला कमिटि सदस्यहरुको साथ
कपन अनलाइन
काठमाडौं ,चैत २३।
बुढानिलकण्ठ नगरपालिकाले नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीका सदस्यहरु संग कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाको प्रतिनिधित्व गरेका जिल्ला कमिटी सदस्यहरु संग राहत वितरण , प्रकोप नियन्त्रण र रोकथामका विभिन्न पक्षहरुका वारेमा नगरपालिकाले छलफल गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले हाल सम्म नगरमा भएका गतिविधि र तयारीका वारेमा जानकारी गराएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशका सचिवालय सदस्य सुन्दर पुर्कुटीको पनि उपस्थिति रहेको थियो।
त्यस बैठक नेकपा काठमाडौं प्रदेस सभा सदस्य दिपक निरौला, कुसुम कुमार कार्कीका साथमा जिल्ला सदस्यहरु संगम गहतराज,मिठाराम अधिकारी , बिदुर बिक्रम खड्का, लक्ष्मी सङ्रौला , धुर्वराज न्यौपाने , राजकुमार कार्की , डम्बर अधिकारी र रबिन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो। जिल्ला कमिटी सदस्यहरुले राहत , रोकथाम र संक्रमण नियन्त्रणका विभिन्न उपायहरुका वारेमा सल्लाह दिएका थिए ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी , सचिव प्रदिप डङोल लगायतको सहभागीता रहेको उक्त बैठकमा विपद ब्यवस्थापनमा पार्टी संयन्त्र परिचालन, सचेतना र रोकथाममा संयोजनकारी भुमिका र पार्टी कार्यकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाका वारेमा चर्चा गरिएको थियो।