केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण
कपन अनलाइन
काठमाडौं ,चैत २३
के एल दुगड समुहले बाके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ७, १४ तथा १५ का ४०० परिवारलाईखाद्यान्न सामग्री बितरण गरेको छ ।
सो अवसरमा चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजीको फेमिली प्याक ति वडामा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई बितरण गरिएको हो।
उक्त खाद्य समाग्री बितरणमा बितरण गरिएको वडाका वडा अध्यक्षहरुको पनि उपस्थिती र वडा समितिको समन्वयमा वितरण गरिएको थियो ।
कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस् भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वयमा खाद्य समाग्री बितरण गरिएको कुरा के. एल. दुगड समुहका श्री प्रदिप छाजेडले बताएका छन ।
उक्त समुहले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्गहरुलाई सधै सहयोग गर्दै आइरहेको र भबिष्यमा पनि गरिरहने प्रतिवादत्ता व्यक्त गरेका छन ।