संकटको समय (कविता )

संकटको समय (कविता )

कपन अनलाइन

काठमाडौं ,चैत २२/सीमा पुरी

संकटको यो घडिमा जहाँ छौत्यहि बसौं
परीवरको साथमा बसी मिठा कुरा गर्दै हासौं ।

बिदेशमा छन हाम्रा आफन्तजन कति कति
सुरक्षित रहुन सबै लकडाउनमा बस्ने जति ।।

दुखको यो समयमा हाम्ले कुरा बुझ्नुपर्छ
घाटा नाफा हेर्ने होइन सहि कुरा सुझ्नुपर्छ ।।

जतासुकै बसौ हामी आफन्तलाई जोड्नु पर्छ
नगरौ भो ठुला कुरा एकदिन धर्ति छोड्नु पर्छ।

तेरो मेरो भन्दै हामी कति दिन लौ लड्ने होला
भुलौ कुरा तितामिठा ,बगाउ स्नेहको खोला ।

आफन्तलाई आफन्तकै लाग्छ धेरै माया
जति भागी हिडेपनि सङै हुन्छ हाम्रो छाँया ।

हामी मानब लकडाउन छौ कोरोनाको डरले
आत्मबिस्वास मनमा भरौ एक अर्काको भरले

तपाइँको प्रतिक्रिया ।