बुढानिलकण्ठ नगरपालिकाको न्युरो अस्पताल-विष्णुमती पुल मुख्य सडकमा सरसफाई

बुढानिलकण्ठ नगरपालिकाको न्युरो अस्पताल-विष्णुमती पुल मुख्य सडकमा सरसफाई

कपन अनलाइन।

बुढानिलकण्ठ नगरपालिकाको न्युरो अस्पताल  देखि विष्णुमती पुल  मुख्य सडकको सरसफाई गरिएको छ। नगरपालिकाको वडा नं २ को आयोजनामा भएको सरसफाई कार्यक्रममा  बागमती प्रदेस सभाका सदस्य दिपक निरौला सहित स्वयंसेवक तथा संघ संस्थाको सहभागिता रहेको थियो ।

चन्द्र नगर युवा समाजको सहयोगमा वडाले आज घुम्ती देखि गणेश स्कुल सम्म सफाइ गरेकोथियो । क्षेत्रमा सडक बिरुवा रोप्ने र संरक्षण गर्ने गरिआएको छ भने घुम्ती र चन्द्रनगर चोक आसपासमा नियमित सरसफाइ पनि गर्ने गरेको छ ।

 अहिलेको जटिल परिस्थितिमा सरसफाइ गर्दा विशेष स्वास्थ पोशाकको समेत व्यवस्था गरिएको जानकारी दिदै  वडा अध्यक्ष राजेन्द्र खडकाले केही समययता लकडाउनले सफाइ कार्य प्रभावित बनेपनी आजबाट पुनः सुचारु गरिएको बताएका छन ।

साथै बुढानिलकण्ठको मुख्य सडक खण्डलाई नियमित सफाइ गर्न प्रदेशसभा सदस्य दीपक निरौलाले सम्बन्धित वडाहरुलाइ समन्वय गर्न सुझाव दिएका थिए  ।

न्युरो अस्पताल  देखि विष्णुमती पुल  सम्मको मुख्य सडक खण्ड्मा बुनपा का ८,७,६,२, ३ र ५ वडाहरु पर्दछ्न।

तपाइँको प्रतिक्रिया ।