काठमाडौं महानगरपालिका वडा नं १४ राहतका वितरण तथा तथ्यांक संकलन जारी

काठमाडौं महानगरपालिका वडा नं १४ राहतका वितरण तथा तथ्यांक संकलन जारी

कपन अनलाइन 

काठमाडौं ,चैत २१।

काठमाडौं महानगरपालिका वडा नं १४ ले वडाका विभिन्न क्षेत्रहरुमा राहत प्राप्त गर्ने विपन्न तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको तथ्यांक संकलनलाई जारी राखेको छ।

काठमाडौ माहानगरपालिका – १४ वडा राहत समितीले आज कलंकी उत्तर हाईट , सन्तोषी नगर , कुलेश्वर आवास , बाल संरक्षण संस्था कुलेश्वर , कलंकी पश्चिम हाईट – हनुमान गल्लि , कलंकी मालपोत एरिया , संरचना मार्ग लगायतका स्थानमा बिपन्न , मजदुर , बिद्यार्थी , असाहाय तथा अपाङ्गहरुलाई रहत बितरणका लागि अभिलेख संकलन गरेको छ।

तथ्यांक संकलन र राहत वितरणलाई प्राथमिकतामा राखेर अन्य कार्यलाई पनि वडाले अगाडी बढाएको वडा सदस्य विनोद थापाले बताए।वडामा विपत को समयमा आइपर्ने जुन सुकै किसिमका आवस्यक तयारी गरेको जानकारी दिदै वडा अध्यक्ष शोभा सापकोटाले सबै वडावासीलाई सचेत र संयम भएर यो महामारी संग लड्नका लागि अपिल गरेकी छन।

 

तपाइँको प्रतिक्रिया ।