गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे )छर्किइयो
कपन अनलाइन
काठमाडौं चैत्र १९। विश्व महामारीका रुपमा विश्वलाई आतङ्कित तुल्याएको कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिका ८ मा किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा उक्त वडामा सो किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किएको हो ।वडाअध्यक्ष मनोजकुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ वडा सदस्य डम्बर बहादुर श्रेष्ठ , बेसिगाउ युवा समाजका अध्यक्ष कृष्ण नेपाल ,नगर प्रहरी सहित स्थानीयको सक्रियतामा उक्त वडाका भिडभाड हुने स्थान मुख्य चोक सडक लगायत को स्थानमा कीटनाशक औषधि छर्किएको हो।
सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै वडाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिने वडा अध्यक्ष मनोज कुमार ढुंगानाले बताए । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई सो क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको बताउदै उनले कोरोना भाइरसको महामारी बाट त्रसित स्थानीयले उक्त कार्यबाट केही राहत महसुस गरे पनि सामाजिक दुरी कायम राख्नको लागी उनले अनुरोध गरेका छन् ।
त्यसै गरि वडा सदस्य नन्दलाल श्रेष्ठले स्प्रेले कोरोनाको भाईरस (जीवाणु)) मार्न र नसके पनि डेंगु मलेरियाका र फोहोर बाट लाग्न सक्ने रोग हरु बाट जोगाउन सहयोगी भूमिका खेल्ने बताए ।स्प्रे छर्ने कामले वडा बासीको मनोवल बढाउने काम गरेको पनि बताए । उनले पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किएर कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसहयोग गर्न अनुरोध गरेका छन ।