गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा दैनिक ज्यालादारी गर्ने बिपन्न श्रमिकहरुलाई राहतको लागि नाम टिपाउन वडा अध्यक्ष मनोजकुमार ढुंगानाको अनुरोध

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा  दैनिक ज्यालादारी गर्ने बिपन्न श्रमिकहरुलाई राहतको लागि नाम टिपाउन  वडा अध्यक्ष मनोजकुमार ढुंगानाको अनुरोध

कपन अनलाइन

काठमाडौं चैत्र १९  गोकर्णेश्वर नगरपालिका वडा नं ८ले  दैनिक ज्यालादारी गर्ने श्रमिक बिपन्न बर्गलाई नगरपालिकाको तर्फ बाट वितरण गर्न लागिएको राहतको लागि नाम टिपाउन को लागि वडा बासी हरुलाई वडा अध्यक्ष मनोज कुमार ढुंगानाले अनुरोध गरेका छन् ।उनले  गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा बसोबास गर्ने दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्नेका लागि वडाले राहत वितरण गर्ने  लागिएको   हो ।

उनले कोरोना भाइरस कोभिड- १९ को कारणले नेपाल सरकारले २०७६ साल चैत्र ११ गते बिहान ६ बजे देखि  गरेको लक डाउनका कारण दैनिक जीवनयापन गर्न असहज परिस्थिति सिर्जना   भएको हुँदा सो बर्गको वडा बासीहरुमा राहत वितरण गर्न लागेकोले आवश्यक ब्यक्तिहरुले वडामा भिड भाड नगरिकन आइ सम्बन्धित व्यक्तिको नागरिकताको फोटो कपि र घर धनीको घर निर्माण स्वीकृत पत्र वा जग्गा धनि पुर्जाको फोटो कपि सहित आफ्नो नाम वडामा टिपाउन अनुरोध गरेका हुन ।

उनले बिहान १० बजे देखि १२ बजे सम्ममा  राहत फारम बुझ्ने र भर्ने  कामको लागि वडा खुल्ला हुने भएकोले सम्पूर्ण घर धनीहरुलाई आफ्नो आफ्नो बहालमा बस्नेहरुलाई जानकारी गराई सहयोग गरिदिन पनि अनुरोध  गरेका छन  । सो  बारेमा वडाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।