शंखरापुर नगरपालिका वडा नं ९ को इन्द्रायणी स्वास्थ्य चौकी क्वारेन्टाइन स्थलको रुपमा तयार
कपन अनलाइन
काठमाडौं चैत्र १८ ।शंखरापुर नगरपालिकाले कोरोना भाइरस संक्रमणको आशंका गरिएकाको उपचारका लागि वडा नं ९ स्थित इन्द्रायणी स्वास्थ्य चौकीलाई क्वारेन्टाइन स्थलको रुपमा तयार पारेको छ ।उक्त स्वास्थ्य चौकीको माथिल्लो तल्लालाइ ५ बेडको क्वारेनटाइनको रुपमा तयारी गरिएको हो ।आइतबार शंखरापुरका नगर प्रमुख सुवर्ण श्रेष्ठ, उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भोजराज खतिवडा र महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी प्रमुख गोबिन्द पन्थी लगायतको टोलीले उक्त क्वारेन्टाइन स्थलको निरीक्षण गरेका थिए।
उक्त क्वारेनटाइन निर्माणको लागि शंखरापुर नगरपालिका वडा नं. ९ निवासी समाज सेवी धर्म राज कार्कीले बेड तथा अन्य आवश्यक सामग्रीहरू सहयोग गरेका हुन् । एउटा बेड करिब १२ हजारमा तयार भएको र बेडमा राखिने प्लाई महानगरीय प्रहरी प्रभाग साँखुबाट सहयोग प्राप्त भएको समाज सेवी धर्मराज कार्कीले बताए ।
त्यसै गरि आइतबारनै नगर प्रमुख सुवर्ण श्रेष्ठ र उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठले वडा नं. ६ र ७ को स्वास्थ्य चौकीहरुको निरीक्षण गर्नुको साथै गरी स्वास्थ्य चौकी बाट प्रदान हुदै आएको सेवा र समस्या बारे जानकारी लिएका थिए ।
फोटो शंखरापुर न्युज