लकडाउन अवधीभर डा. प्रकाश पोखरेलले गोकर्णेश्वर नगरपालिका १ को बिकट स्थानहरुमा निशुल्क स्वास्थ्य सेवा एबम परामर्श प्रदान गर्ने
कपन अनलाइन
काठमाडौं चैत्र १७ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ को बिकट स्थानहरुमा डा. प्रकाश पोखरेलले निशुल्क स्वास्थ्य सेवा एबम परामर्श प्रदान गर्ने भएका छन् ।उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा गरका हुन्। उनले सामाजिक संजालमा लेख्दै भनेका छन “यो समय बिश्वका प्राय मानिस रोएको समय हो। ठुला ठुला मुलुक पनि के गर्ने के नगर्ने भन्ने अबस्थामा छन अहिले। नोभेल कोभिड १९ कोरोना भाइरसको महामारीले हामीलाई पनि सताएको छ।
अन्य मुलुक हेरी संक्रमणको संख्या हाम्रोमा अति कम छ तथापी पनि ढुक्क हुने अबस्था भने छैन।यसैको संक्रमणलाई फैलन नदिनको लागी सरकारले बिगत एक सातादेखी आउदो २६ गते सम्म लक डाउन गरेको छ।राजधानीको महत्वपूर्ण ठाउ सुन्दरिजल गोकर्णेश्वर नपा वडा नं १ को आधा जन संख्या भौगेलिक हिसाबले अत्यन्त बिकट अबस्थामा रहेको हुदा स्वास्थ लगायतको समस्या पर्न गएको अबस्थामा वडा अध्यक्ष श्री राम मानन्धर ज्यू ले जुन सुकै समयमा पनि वडाबासीका लागी आफ्नो सबारी साधन उपलब्ध गराउछु भन्नु भएको कुरा प्रसंशनिय रहेको छ।
मुलखर्क,चिलौने तथा ओख्रेनी लगायतको ठाउमा चाहेर पनि रात बिहान सॉझ पुग्न नसकिने हुदा तपॉइ दाजु भाई दिदी बहिनीहरूलाई स्वास्थ सम्बन्धी कुनै समस्या पर्न गएमा वा सल्लाह सुझाव लिन परेमा फोनबाटै परामर्श लिन सक्नु हुनेछ र अति आवश्यक भएमा वा घरमै गई उपचार गर्न पर्ने भएमा वडा अध्यक्ष ज्यू संग समन्वय गरी घरमै आई स्वास्थ सेवा प्रदान गर्नेछु। साथै साबिक नयॉंपाटी गाबिस गोकर्णेश्वर नगरपालिका २ मा एवं क्षेत्र नं ३ भरि मेरो सेवा उपलब्ध हुनेछ।उनलाइ ९८५१०५४४८५मा सम्पर्क गर्न सकिन्छ।