स्थानीय तहलाई बागमती सरकारको सहयोग,निर्वाचित प्रदेस सभा सदस्यलाई विशेष जिम्मेवारी

स्थानीय तहलाई बागमती सरकारको सहयोग,निर्वाचित प्रदेस सभा सदस्यलाई विशेष जिम्मेवारी

कपन अनलाइन

काठमाडौं ,चैत १७।

कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारले महत्वपूर्ण  निर्णयहरु गरेको छ। या विषम परिस्थितिमा प्रदेशका जनताहरुको सहयोगका लागि प्रदेस नं ३ सरकारको  मन्त्री परिसदको बैठक बाट यी निर्णयहरु गरिएका हुन् ।

प्रदेश सरकारले भाइरस संक्रमण नियन्त्रण,रोकथाम र उपचार प्रदेश कोष खड़ा गरि उक्त कोषमा बाग्मति प्रदेश सरकारका मन्त्रीमण्डलका सबै सदस्यहरूले एक महीनाको पारिश्रमिक बराबरको रकम जमा गर्ने निर्णय गरिएको छ ।

बागमती प्रदेस सरकारले  स्थानिय तहमा अरहने कोषका लागि  गाउँ पालिका १०  लाख , नगरपालिका १२  लाख उपमहा नगरपालिका १५ लाख र  महानगरपालिका लाई  रू २०  लाख उपलव्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै  प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतका स्थानिय तहलाइलाई सहयोग पुर्याउन कोरोना संक्रमण नियन्त्रण र उपचारको अनुगमन गर्नका लालि प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्वमा प्रदेश सभाका अन्य सदस्यहरू सहित अनुगमन समिति निर्माण गर्ने निर्णय पनि बागमती प्रदेस सरकारले गरेको छ।

यसै क्रममा  प्रदेश सरकारको उक्त निर्णयको स्वागत गर्दै नेकपाको प्रदेश संसदीय दलले आफ्नो दलको प्रतेक सदस्यहरू को १५  दिनको पारिश्रमिक बराब को रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरिसकेकोछ ।

तपाइँको प्रतिक्रिया ।