ज्यालादारी गर्ने र न्यून आए भएका नागरिकको विवरण उपलव्ध गराउन जिसस काठमाडौंको अनुरोध
कपन अनलाइन
काठमाडौं ,चैत १६।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौंमा दैनिक ज्यालादारी गर्ने र न्यून आए भएका नागरिकहरुको विवरण संकलन गरी राहत उपलब्ध गराउन काठमाडौंका पालिकाहरुलाई आग्रह गरेका छन ।
हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (CORONA-19) का कारण सबै नागरिकहरु प्रभावित भएको उल्लेख घरदै प्रमुख राजवैद्यले त्यसमा पनि खासगरी दैनिक ज्यालादारी गर्ने र न्यून आए भएका नागरिकहरु बढि प्रभावित भएकोले उनिहरुलाई जति सक्यो छिटो राहत उपलब्ध गराउने गरी संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले कार्य गर्नुपर्ने पनि बताउएका छन।
त्यसैगरी जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले दैनिक उपभोग्य बस्तुहरुको बिक्री बितरणलाई सहज र प्रभावकारी बनाउन पनि पालिकाहरुलाई आग्रह गरेका छन छ ।
त्यसैगरी जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले लकडाउनको पूर्ण पालना गरी घरभित्रै सुरक्षित तरिकाले बस्न पनि सबैलाई आग्रह गरेका हुन् ।