अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन शंखरापुर नगरपालिका उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौं ,चैत्र १६। विश्व ब्यापी महामारी कोरोना भाइरस र त्यसले निम्त्याउने जोखिम न्यूनीकरण गर्नको शंखरापुर नगरपालिकाले छोटो समयमा सिमित स्रोत र साधनले पनि ब्यापक तयारी गरेको शंखरापुर नगरपालिकाकी उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले बताइन। उनले कपन अनलाइन संग छोटो कुरा गर्दै यस्तो बताएकी हुन् ।उनले सामाजिक दुरी कायम गर्न , सरकारको लकडाउनको पुर्ण पालना गर्न पनि नगर बासीलाई अपिल गरेकी छिन । उनले भिडभाड नगर्न र ,मास्कको सहि प्रयोग गरौ भन्दै सबैलाई सर्तकताका लागि अनुरोध गरेकी छिन् । उनले नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेकी छिन ।
नगरपालिका भित्रका बिपन्न र ज्याला मजदुरी गरि खाने बर्गको लागि लकडाउनको समयमा खाद्यान्न समस्या देखिए नगरपालिकाले सहयोग गर्ने पनि जानकारी गराइन । उनले त्यसको लागि घर धनीको सिफारीस सहित फारम भराइ लगत संकलनको ब्यवस्था गर्न लागिएको बताइन ।उनले लकडाउनको समय अवधि बढने सम्भावना भएकोले शंखरापुर नगर भित्र शंखरापुर ब्यापार समुह सँग सहकार्य गरेर खाद्यान्न आपूर्ति तथा ब्यवस्थापन गर्न लागिएको पनि जानकारी गराइन ।
त्यसै गरि उनले ९ वटै वडामा हेल्थडेक्स स्थापना गरि काम अगाडि बढाइ रहेको जानकारी गराउदै उनले ठाउँ ठाउँमा साबुन पानिले हात धुने ब्यवस्था , पर्चा वितरण, जनचेतना मुलक ब्यानर टास्ने काम र प्रहरी सँगको सहकार्यमा माइकिङ्ग गरि सचेतना जगाउने कार्यक्रमहरू गरि रहेको जानकारी गराइन । उनले माक्स वितरण गर्नुको साथै सेनिटाइजर बनाउन कच्चा पदार्थको ब्यवस्था गरिएको जानकारी गराइन त्यस्तै उनले तत्काल इन्द्रयणीमा रहेको स्वास्थ्य केन्द्रमा क्वारेनटाइनको ब्यवस्था गर्न लागिएको र आवश्यकता अनुसार जर्सिङ्ग पौवा , साँखुको स्वास्थ्य चौकी, बालक्षेत्र नेपाल र सलम्बुटारको सामुदायिक भवनमा क्वारेनटाइनको ब्यवस्था गर्न लागिएको बताइन ।
उनले शुष्म मेमोरियल अस्पताल र पिपुल्स लाइफ कियर अस्पतालमा आइसुलेसन वार्ड स्थापना गरिएको बताउदै शंखरापुर नगरपालिकामा बिदेश बाट हालसालै मात्र आएका १३ जनाको नाम संकलन गरि उनिहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेको र उनीहरुमा कोरोना भाइरसको कुनै लक्षणहरू देखा नपरेको जानकारी गराइन ।उनले नगरपालिका भित्र बिदेश वाट आइ बसोबास गर्ने र बिदेश बाट फर्किएकाहरुको तथ्यांक लिने कामपनि भइ रहेको जानकारी गराउदै उनले त्यसको कुनै जानकारी भए जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेकी छिन् ।
उनले नगरपालिका भित्र किट्नाशक औषधी छरिरहेको भन्दै सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै नगरपालिकाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिने पनि बताइन । उनले विपतको बेलामा कालोबजारी नगर्न अनुरोध गर्दै नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध समेत गरेकी छिन् ।नगरपालिकाले वडा स्तरीय विपद व्यवस्थापन कोष समेत बनाएको जानकारी गराइन। उनले नगरपालिकाको एम्बुलेन्स गाडी तयारीअवस्थामा राखिएको जानकारी गराउदै आपतकालीन अवस्थामा आफुले प्रयोग गर्ने गाडी समेत उपलब्ध गराइरहेको जानकारी गराइन।