गोकर्णेश्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको सक्रियतामा बिरामीको उद्दार

गोकर्णेश्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको सक्रियतामा बिरामीको उद्दार

कपन अनलाइन

काठमाडौं चैत्र १६। गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर  सुवेदीको सक्रियताले बिरामीको उद्दार भएको छ ।शनिबार साँझ गोकर्णेश्वर नगरपालिका वडा नं ५ नया बस्ति युवा क्लब संगै रहेको हिमचुली मेडिकलमा २ जना बिरामीलाइ उनले एम्बुलेन्स बोलाएर सहयोग गरेका हुन्।

साँझको समयमा दुइ बिरामी मध्ये एउटा बालकको घांटीमा चेन अड्किएको र अर्की महिलाको प्रेसर बढी भएर उपचारको लागि मेडिकलमा आएका उनीहरुको त्यहा  उपचार सम्भब भएको थिएन। त्यस पश्चात  अस्पताल जानको लागि एम्बुलेन्स आवश्यक रहेको थियो तर उक्त समयमा बिभिन्न अस्पतालमा एम्बुलेन्स पठाईदिनको लागि युवाहरुले गरेको आग्रहलाइ  बिभिन्न बहाना बनाएर  अस्पतालले टारेको खबर सुन्ने बित्तिकै  गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको सक्रियतामा उनि स्वयम्   एम्बुलेन्स   लिएर   आइपुगेका थिए ।

 उनले बिरामीलाइ एम्बुलेन्समा नेपाल  मेडिकल कलेज  अस्पतालमा पठाई उद्दार गर्न  सहयोगी भूमिका खेलेका थिए ।कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि समस्या परेमा खबर गर्नको लागि अनुरोध गरेका छन। उनले  पुन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा कुनै  पनि स्वस्थ्य लगायतको समस्या परेमा खबर गर्नको लागि अनुरोध गर्दै वडा बासीको समस्या समाधान गर्नको लागि हरदम तयार रहेको बताए। उनले कुनै पनि आपतकालीन  समस्या भएमा निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

वडा अध्यक्ष नारायण बहादुर सुवेदी :९८५१०९३७३६

वडा सदस्य  मुकुन्द फुयाल: ९८४१७३५९८९

वडा सदस्य लिलामणि खतिवडा: ९८४३१९१५९१

वडा सदस्य दुर्गा फुयाल: ९८४१८५७५७५

वडा सदस्य कृष्ण कुमारी बिक: ९८०८१०१९८०

वडा सचिब झलकनाथ भट्टराई ९८४१९७१७८९

उनले यो संकटको घडीमा सबै जना एक जुट भइ मानवीय सेवा गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।