युवानिलकण्ठ द्वारा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम गर्यो
कपन अनलाइन
काठमाडौं चैत्र १६ ।बुढानिलकण्ठका बिभिन्न वडा हरुमा युवानिलकण्ठका युवाहरुले विश्व ब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रम गरेको छ ।बूढानिलकण्ठ नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका युवाहरुको रचनात्मक क्षमता विकास गर्दै उद्यमशिलता उजागर गर्ने तथा कुनै पनि सामाजिक क्रियाकलापका साथै विपद व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले नगरपालिका भित्रका युवाहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो।
उक्त प्रशिक्षण पश्चात युवाहरुलाइ नगरको विकासमा युवाको सहभागिता र क्षमतालाई सदुपयोग गर्ने उदेश्य सहित युवाहरुको समूहले कोरोना भाइरसका बारेमा जनमानसमा छाएको सन्त्रास न्यूनीकरण गर्ने उद्देश्यले यस सम्बन्धी सचेतनामूलक कार्यक्रममा जुटेको हो ।उनीहरुले शनिबार करुणा अस्पतालको सहयोगमा प्राप्त पी पी ई लगाएर बुढानिलकण्ठ नगरपालिकाको कपन चुनिखेल हात्तीगौडा गोल्फुटार, मण्डीखाटार लगायतको क्षेत्रमा माइकिंग गरि अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएर भिड भाड नगर्न अनुरोध गरिएको थियो।
विश्वका अधिकांश मुलुकजस्तै नेपाली समाजमा पनि कोरोना भइरसको बारेमा सन्त्रास छाएको र नकारात्मक तथा सकारात्मक बहस भइरहेको भन्दै युवानिलकण्ठ का सरोज श्रेष्ठले ती बहसलाई चिर्दै वास्तविकताको बारेमा जानकारी गराउनुपर्ने राज्यको दायित्वलाई पूरा गर्ने काममा सहयोगी भूमिका युवानिलकण्ठले खेलेको बताए।
उक्त कार्यक्रममा ज्वरो आउनु लगातार खोकी लाग्ने स्वास प्रश्वासमा समस्या देखिएमा स्वास्थ्य चौकीमा पुगेर परिक्षण गर्नको लागि अनुरोध गरिएको थियो । साथै घर बाहिर निस्किदा मास्क लगाउन र एक ब्यक्ति देखि अर्को ब्यक्ति संग १ मिटर को सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरिएको थियो साथै पटक पटक साबुन अथवा स्यानीटाइजरले हात धुन अनुरोध गरिएको थियो । साथै उनीहरुले कुनै पनि समस्या भएमा नगरपालिका वा जनप्रतिनिधिलाइ सम्पर्क गर्न अनुरोध गर्दै विदेस बाट नेपाल आएर बसेका नगर बासि भएको कुनै जानकारी भए ।आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका थिए ।
उनीहरुले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका थिए । युवानिलकण्ठमा सहभागी भएका युवाहरुले नगरपालिकाले संक्रमण हुन नदिन को किटनाशक औषधी छर्ने कार्यमा पनि सहयोगी भूमिका निभाउदै आएका छन् ।युवानिलकण्ठमा नगरपालिका भित्रका १८ देखि २८ वर्ष समूहका इच्छुक युवाहरुले प्रशिक्षण लिएका थिए ।