जेसिज र रोटरी क्लबले साँखुमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्कियो

जेसिज र रोटरी क्लबले साँखुमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्कियो

कपन अनलाइन

काठमाडौं चैत्र १५। साँखु जेसिज र रोटरी क्लब अफ साँखुले संयुक्त रुपमा साँखु बजार क्षेत्र भित्र  किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई सो क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको हो  ।कोरोना भाइरसको महामारी बाट त्रसित स्थानीयले उक्त कार्यबाट केही राहत महसुस गरेका छन। कोरना भाइरस रोक्न कच्चापदार्थ ल्याइ साँखुमा नै बनाइ स्प्रे गरिएको साँखु जेसिजका अध्यक्ष सरोज कुइकेलले जानकारी दिए ।

यो कार्यलाइ शंखरापुर नगरपालिकाका अन्य वडाहरुमा पनि बिस्तार गर्दै जाने योजना रहेको रोटरी क्लब अफ साँखुका पुर्ब अध्यक्ष रुपेश श्रेष्ठले जानकारी गराएका छन् । साँखुमा नै कच्चापदार्थ ल्याइ स्यानिटाइजर बनाइ बाड्ने तयारी भै रहेको समेत उनले जानकारी दिएका छन। त्यसै गरि चैत १५ गते आज देखि शंखरापुर नगरपालिकाका सम्पुर्ण वडाहरुमा उक्त डिसइन्फेक्सन स्प्रे छरिने शंखरापुर नगरपालिकाले पनि जानकारी गराएको छ ।

फोटो :शंखरापुर न्युज

 

तपाइँको प्रतिक्रिया ।