कोरोना भाइरसको जोखिम नघटुन्जेल गोकर्णेश्वर महादेव मन्दिर सर्वसाधारणको लागि बन्द हुने
कपन अनलाइन
काठमाडौं चैत्र १३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा सर्वसाधारणको लागि बन्द हुने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिले मचैत्र १२ गते देखि कोरोना सङ्क्रमणको जोखिम नघटेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
मन्दिरमा नित्य हुने पूजा आरती लगायत विधि भने यथावत् रहने समितिले जनाएको छ भने श्रद्दालु भक्तजनहरुको पुजा सामग्री नलीइने तथा टिका प्रसाद वितरण नहुने हुँदा भक्तजानहरुलाई मन्दिर प्रवेश नगरी बाहिरबाटै दर्शन गर्नको लागि अनुरोध गरिएको छ। लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम अघि बढिरहेको छ ।
मन्दिर संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गर्न लागेको हो नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि भइरहेको छ यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो। कोरोना भाइरसको सन्त्रासका कारण फेरि काम रोकिएको छ ।