बिदेश बाट आएका नगरवासीको विवरण उपलव्ध गराउन शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौँ, चैत्र १३। शंखरापुर नगरपालिकामा कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि आवस्यक तयारीमा रहेको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताएका छन।कुनै आपतकालीन अवस्था आएको खण्डमा शंखरापुर नगरपालिकामा हेल्पडेक्स स्थापना गर्नुका साथै प्रत्येक वडाहरूमा हेल्पडेक्स स्थापना गरेको र पिपुल्स लाइफ कियर अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा आइसुलेसन वार्डको ब्यवस्था गरेको जानकारी गराए। नगर प्रमुख श्रेष्ठले पछिल्ला दिनमा विदेस बाट आएका नगरवासीको तथ्यांक संकलन तथा स्वास्थ्य परिक्षणका लागि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेको बताए।
नगर बासीलाई १० हजार माक्स वितरणगर्नको लागि ब्यवस्था मिलाएको । प्रत्येक वडालार्इ जनसंख्याको आधारमा ६ सय देखि १ हजार सम्म माक्स बितरण गर्न लागिएको उनले बताए साथै हेल्थडेक्समा रहेका स्वास्थ्यकर्मीहरुलाई एप्रोन तथा स्यानिटाइजर बितरणको लागि वडामा रहेकको स्वास्थ्य संस्थामा पठाएको पनि जानकारी गराए । त्यसै गरि जनचेतना जगाउने बोर्डहरु चोक चोकमा राखिएको र हेल्थडेक्सहरूमा हात धुने ब्यवस्था गरिएको बताए ।
त्यस्तै नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइन निर्माणका लागि स्थान उपलव्ध गराउने घोषणा गरेका नगरवासीलाई धन्यवाद दिदै नगरप्रमुख श्रेष्ठले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताए ।उनले थप्दै भने कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले नगरपालिकाले विदेश बाट आएका नगरवासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका नगरवासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।
त्यस्तै लकडाउनको समयमा नगरवासीको सुरक्षा तथा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको र कुनै पनि आपतकालीन अवस्था आएको खण्डमा संम्बन्धित वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने प्रमुख श्रेष्ठले जानकारी दिए।सबैले सरकारको निर्देशन मानेर सुरक्षित रहन आग्रह गर्दै उनले जनताको सेवामा रहन सबै जनप्रतिनिधि तयार अवस्थामा रहेको जानकारी दिए ।
त्यसै गरि नगरपालिकामा एम्बुलेन्स तयारी अवस्थामा राखेको र आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइन स्थलको रूपमा ब्यवस्थापन गर्न लागिएको पनि जानकारी गराए ।उनले नगरपालिकाका स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिएको जानकारी गराए ।सरकारले कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको बताउदै उनले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम नगरपालिकाले स्थगन गरेको जानकारी दिँदै रोकथामका लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारले दिएको निर्देशनलाइ अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाइ पनि बचाउ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै उक्त भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने जानकारी गराए ।उनले विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिम मुलुकको सुचिमा नेपाललाई राखेको अवस्थामा उक्त भाइरसबाट बच्न अनावश्यक भिडभाडमा नजान र स्वास्थ्यकर्मीहरू द्वारा दिइने निर्देशन पालना गर्न आम नगरबासीलाइ अनुरोध गरेका छन्। शंखरापुर नगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै प्रमुख श्रेष्ठले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेका छन ।
फोटो :शंखरापुर न्युज