असहाय बालिकाहरु जव प्रधानमन्त्री पत्नी राधिका शाक्यको काखमा पुगे …
कपन अनलाइन
काठमाडौं ,चैत ९ ।
आमाको हत्या गरेर बाबु कैदमा परे संगै अलपत्र परेका तिन बालिकाहरुले प्रधानमन्त्री पत्नीलाई आफ्नो अभिभावकका रुपमा पाएका छन। आफ्ना अभिभावक गुमाएर असहाय बनेका ति बालिकाहरू बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पुग्दा निकै उत्साहित देखिएका थिए भने अवोध बालिकाहरुको अवस्था देख्दा प्रधानमन्त्री पत्नी भने निकै भावुक बनेकी थिइन् ।
उनीहरुको यो अवस्था सिर्जना भएको अवस्थाको वारेमा संचार माध्यम मार्फत जानकार रहेकी शाक्य ४ वर्षकी आयुस्का राईलाई हेरेर निकै भावुक बनेकी थिइन्।उनको अनुहार र आवाजमा त्यो गहन पिडा प्रस्ट झल्किएको थियो ।
ति अवोध बालिकाहरु हेर्दै उनको चिन्ता थियो ,”हाम्रो समाज किन यस्तो भनिरहेको छ र किन यस्ता पीडादायी घटना दिन प्रति दिन बढिरहेका छन ” । अनि समाज यसरि अगाडी बढ्नुमा के कारण छ ? उनको त्यहाँ उपस्थित प्रति प्रश्न थियो ।
गत फागु पुर्णिमाको दिनमा खोटांग जिल्ला स्थायी वसोवास भएर हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नबिन राईले उनकी श्रीमती पुस्पा राईको हत्या गरे संगै अलपत्र परेका उनीहरुका छोरीहरुले उद्दार पश्चात चैत ८ गते प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेटेका छन ।
आफ्ना अभिभावक गुमाएका वर्ष १४ कि अनिशा राई ,वर्ष ८ की अनुस्का राई र वर्ष ४ की आयुस्का राई आफ्ना अभिभावक गुमाएर असहाय बने पछी उनीहरुको उद्दार गर्दै व्यवस्थापनको लागि पहल गरेकी शाक्यले ति बालिकाहरुलाई भेट गर्दै उनीहरुको पालन पोषण र शिक्षाको वारेमा गम्भीर चासो राखेकी थिइन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अलपत्र परेका वालिकाहरुलाई भेट्दै शाक्यले उनीहरुको हालको वसोवास र आगमी दिनमा हुने व्यवस्थापनका वारेमा चासो व्यक्त गार्डे त्यसका लागि आफुले जुनसुकै किसिमको सहयोग गर्ने बताएकी थिइन् ।
प्रधानमन्त्री पत्नी बाट कपडा र अन्य उपहार पाएका ति बालिकाहरु निकै खुसि बनेका थिए भने आगमी दिनमा राम्रो विद्यालयमा पढेर ठुलो मान्छे बन्ने अनिशा राईले सुनाउदै गर्दा त्यहाँ उपस्थित सबै जना निकै उत्साहित बनेका थिए।
तिन बालिका मध्ये जेठी वर्ष १४ कि अनिशा राईलाई प्रधानमन्त्री पत्नी शाक्यले अवका दिनमा दुइ बहिनीको आमा उनी भएको र उनीहरुको रेखदेख गर्नलाई तयार बन्नु पर्छ है भनेर सम्झाई रहदा त्यहाँ रहेका सबैको आँखा रसाएका थिए भने माहोल निकै भावुक भनेको थियो।त्यस्तै वर्ष ४ कि कान्छी अनुस्कालाई हेरचाह गर्ने आमाको आवस्यकता रहेको बताउदै शाक्यले उद्दारमा संलग्न प्रहरी र हेरचाह गर्दै आएको संस्थाका प्रतिनिधिलाई अनुरोध गरेकी थिइन् ।
प्रधानमन्त्री पत्नीको आग्रहमा अलपत्र परेका वालिकाहरुको उद्दारमा सक्रिय रहेका बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले अवको केहि दिनमा नै ति बालिकाहरुको शिक्षा र वसोवासको व्यवस्थापन गरिने र सो का वारेमा जानकारी गराउने जानकारी पाए संगै शाक्य केहि आस्वस्त देखिएकी थिइन् ।
उनीहरुलाई काठमाडौं वा अन्य कुनै स्थानका विद्यालयमा पठन पाठन र उचित बसोवासको लागि विभिन्न पक्ष संग छलफल गरिरहेको जानकारी दिदै सांसद निरौलाले त्यसका लागि चिन्ता नलिन आग्रह गरेका थिए।
हाल ति वालिकाहरु बालबालिका खोज तलास समन्वय केन्द्रको निगरानीमा बसिरहेका छन ।