बुढानिलकण्ठमा कोरोनाविरुद्ध कम्युनिटी केयर नेपालको जनचेतनामुलक कार्यक्रम

बुढानिलकण्ठमा कोरोनाविरुद्ध कम्युनिटी केयर नेपालको जनचेतनामुलक कार्यक्रम

कपन अनलाइन

काठमाडौं ,चैत ९।

कम्युनिटी केयर नेपालले कोरोना भाइरसविरुद्धको जनचेतनामुलक कार्यक्रम शुरु गरेको छ ।काठमाडौंको बुढानिलकन्ठमा नोवेल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्नेबारे जनचेतनामुलक कार्यक्रम गरेको केयर नेपालका रंजित केसीले जानकारी दिए ।

कम्युनिटी केयर नेपालका सदस्य तथा अन्य सहभागीहरुले गोल्फुटार चोक देखि बुढानिलकण्ठ मन्दिर क्षेत्रसम्म सचेतनामुलक सामाग्री वितरण गर्नुका साथै स्थानीयहरुलाई परामर्श समेत गरेका थिए।

सो सचेतना अभियानमा नेवि संघकी पुर्व उपाध्यक्ष कृष्णकुमारी  बस्नेत संगै संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा कोरोनाबाट जोगिन ध्यान दिनुपर्ने कुराहरु र सावधानीबारे जनचेतना जगाउँदै विभिन्न पर्चा पम्प्लेटहरु समेत वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।