कोरोनाबारे देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी

कोरोनाबारे देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी

कपन अनलाइन

काठमाडौं ,चैत ७। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

आज दिउसो प्रधानमन्त्री ओलीलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले भेटेका थिए। पोखरेलले अहिलेको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीसँगको भेटपछि रक्षामन्त्री पोखरेलले उच्चस्तरीय समन्वय समितिको बैठक बोलाएका छन्। आज साँझ बस्ने बैठकले थप निर्णय गर्ने जनाएको छ। काठमाडौं उपत्यका ‘लक डाउन’ गर्नेसम्मको निर्णय हुनसक्ने जनाएको छ।

समन्वय समितिको निर्णयका आधारमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको जनाएको छ। आज साँझ या भोलि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने बालुवाटार स्रोतले जनाएको छ। त्यसको तयारी भइरहेको छ।

तपाइँको प्रतिक्रिया ।