फेरि बढ्यो लोडसेडिङ्ग, अब दैनिक १२ घण्टा बिजुली
अशोकराज पाण्डे,२३ माघ – दैनिक ११ घण्टा विद्युत कटौती खेपिरहेको नेपालीले फेरी १ घण्टा बोनस स्वरुप थप लोडसेडिङ्ग पाएका छन् । हाल दैनिक ११ घण्टा हुँदै आएको विद्युत कटौती बढाएर १२ घण्टा पुर्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यससँगै अब नेपालीले २४ घण्टामा १२ घण्टा विद्युत पाउने भएका छन् ।
माघ २६ गतेदेखि लागू हुने गरि बढाइएको विद्युत कटौतीको समय अनुसार अब साताको ८४ घण्टा विद्युतभार कटौती हुनेछ । यस अघि हप्तामा ८० घण्टा विद्युत कटौती हुँदै आएको थियो । प्राधिकरणले परिस्थित अनुकुल र प्रतिकुल भएको समयमा आकस्मिक १ घण्टा विद्युत कटौती थपघट हुनेछ भने औद्योगिक क्षेत्रको हकमा भने छुट्टै तालिका अनुसार विद्युतभार कटौती हुने पनि प्राधिकरणले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।