राष्ट्रव्यापी महिला बुद्धिचालको उपाधि सुजनालाई ,बुढानिलकण्ठकी आभा चौथो स्थानमा
कपन अनलाइन
काठमाडौं ,फागुन २६।
गोल्डेनगेटकी सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि जितेकी छन् । आइतबार सम्पन्न सात चरणको खेलमा सुजनाले ६.५ अंक जोड्दै उपाधी हात पारेकी हुन ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा काठमाडौंकी सिन्दिरा जोशी ६ अंकसाथ दोश्रो तथा धनुषाकी स्नेहा यादव ५.५ अंकसाथ तेश्रो भएका छन भने काठमाडौंकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौं स्थानमा रहेका थिए ।
आभा पुडासैनी (बुढानिलकण्ठ १२ )
शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार हात पारे । विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा ३९ खेलाडी सहभागी थिए ।