वैशाख १ गतेदेखि वागमती टेलिभिजन प्रसारण हुने

वैशाख १ गतेदेखि वागमती टेलिभिजन प्रसारण हुने

कपन अनलाइन

हेटौडा ,फागुन २३।

वागमती प्रदेशको स्थायी राजधानी हेटौंडाबाट २०७७ वैशाख १ गतेदेखि वागमती टेलिभिजन प्रसारण हुने भएको छ ।
सञ्चार रजिस्टारको कार्यालय हेटौँडामा आइटिआइ मिडिया प्रालिका नाममा शुक्रबार वागमती टेलिभिजन दर्ता भएको छ । तीनसाताभित्र परीक्षण प्रसारण र नयाँ वर्षदेखि नियमित प्रसारणको तयारीसहित काम भइरहेको वागमती टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत रामकुमार एलनले बताउनु भयो । २४ सै घण्टा प्रसारण हुने टेलिभिजनले नेवारी, तामाङ, भोजपुरी, अँग्रेजी र नेपाली भाषमा दैनिक १४ बुलेटिन प्रसारण गर्ने छ ।
हेटौँडामा प्रसारण स्टेसन निर्माण भइरहेको र एउटै प्रसारण गृहबाट टेलिभिजनसँगै नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम पनि प्रसारणमा ल्याइने निर्देशक मनोज ढोडरीले बताउनु भयो । कम्पनीले दुवै एफमएमको पनि प्रसारण इजाजत लिइसकेको छ ।
हेटौँडाका उद्योगी, व्यवसायी समाजसेवीसहित सर्वसाधारणको ४ करोड रुपैयाँ लगानीमा वागमती टेलिभिजन, नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम प्रसारणको तयारी भएको प्रबन्ध निर्देशक तिलक अधिकारीले बताउनु भयो । रेडियो र टेलिभिजनमा ३० पत्रकारसहित ७५ जनाले रोजगारी पाउने छन् ।
तस्बिर : वागमती टेलिभिजन सचिवालय

तपाइँको प्रतिक्रिया ।