कोरोना भाइरस बाट आतंकित नभई सतर्कता अपनाउ :गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे
कपन अनलाइन
काठमाडौं,फागुन २३ ।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले कोरोना भाइरस बाट आतंकित नभई सतर्कता अपनाउन अनुरोध गरेका छन्। गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा रहेको श्री आरुबारी युवा क्लब द्वारा विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान ,आपसी सदभाब, भातृत्व र सदाचार हाम्रो अभियान , राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिता उद्घाटन कार्यक्रमको फरक प्रसंगमा उनले एस्तो बताएका हुन् ।
उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा आतंकित नभई सतर्कता अपनाउन नगर बासिलाइ अनुरोध गर्दै कोरोनाको बारेमा नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, संघ संस्था र सबै सञ्चार माध्यमलाई विशेष आग्रह समेत गरेका थिए । उनले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि सबै नगर बासीलाई अनुरोध समेत गरेका थिए ।
उनले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गर्दै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि अनुरोध गरेका हुन। उनले नगरपालिकाले कोरोना भाइरस सम्बन्धि जना चेतनामुलक कार्यक्रमको तयारी गरिरहेको पनि जानकारी गराए ।
चालिसेले आयोजकलाइ धन्यबाद दिदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम समेत भएको बताए । उनले उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्याउनु बताए। उनले गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाइ प्राथमिकता राखेको हुदा विभिन्न् प्रतियोगिताहरु संचालन हुदै आएको समेत जानकारी गराए।
उनले फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने बताए । उनले नगरपालिका भित्र कुनै पनि खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन चहान्छन भने उनीहरुलाई आर्थिक अभाब हुन नदिने र प्रतियोगितामा सहभागी हुँदा लाग्ने खर्चमा नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।