होली नखेल्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
कपन अनलाइन
काठमाडौं ,फागुन २२। जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ ।
कार्यालयले आज बिहीबार विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि होली लगायतका मेला, पर्व र उत्सवका कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
चिन हुँदै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)बाट नेपाल पनि जोखिममा रहेकाले सचेतनाका लागी यस्तो आग्रह गरिएको कार्यालयले जनाएको छ ।
“अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।
तपाइँको प्रतिक्रिया ।