निब्स राष्ट्रिय गित नृत्य प्रतियोगिता प्रशान्ति एकेडेमी प्रथम

कपन अनलाइन

काठमाडौं ,फागुन १७।

निब्स राष्ट्रियगित नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेणु महतोको अध्यक्षतामा, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्दब खरेलको प्रमुख अतिथ्यतामा उद्घाटन भएको सो कार्यक्रममा बिशेष अतिथी: जगन्नाथ उपाध्याय(शिक्षा प्रमुख, बुढानिलकण्ठ), राजेन्द्र प्र. सापकोटा(सामाजिक विकास समितिको सम्योजक), प्रलाद दाहाल(बागमती प्रदेश खेलकुद समिति सद्स्य), सम्मानित हुने ज्येष्ठ नागरिकहरु धन कुमारी ढुंगाना ८६ वर्ष र कमल भन्डारी ७६ वर्ष, अन्य अतिथिहरुमा अभिभावक, प्रधानाध्यापकज्युहरु तथा ज्येष्ठ अभिभावकहरु र निर्णयाकको उपस्थिति रहेको थियो।

सो कार्यक्रम विद्यालयका प्राध्यापक डिएन महत्तोले स्वागत मन्तव्य राखेको  कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खरेलले जो नाच्दछ त्यो सबै भन्दा बढि बाच्दछ, जो गाउछ त्यो सबै भन्दा बढि सन्तुष्ठि हुन्छ भन्दै नाच मानव जिबनको लागि महत्त्वपूर्ण योगा रहेको धारणा  व्यक्त गरेका थिए।

सो प्रतियोगितामा प्रथम स्थान प्रशान्ती एकेडेमी, दोस्रो स्थान रिपु मर्दिनी सैनिक स्कुल, तेस्रो स्थान ओडिसी इन्टरनेशनल एकेडेमी ले र सान्त्वना पायोनियर स्कुल ले हात पारेका थिए ।

त्यसैगरी उत्कृष्ट भेषभुषा तर्फ इनसाइट भिजन स्कुल, उत्कृष्ट नृत्य निर्देशक तर्फ मालती राना(प्रशान्ती एकेडेमी), उत्कृष्ट नृत्य महिला तर्फ दुर्गा तामाङ(प्रशान्ती एकेडेमी), उत्कृष्ट नृत्य पुरुष तर्फ शिव खडका(पायोनियर पब्लिक स्कुल) भएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।