नेकपा क्रान्तिकारी माओवादी सहित १० दलकाे संयुक्त सङ्घर्ष

कपन अनलाइन
काठमाडौं ,फागुन १६। काठमाडौ राष्ट्रिय स्वाधीनताकाे पक्षमा जनजागरण अभियान क्रममा चन्द्रागिरि नगरपालिकाे विभिन्न क्षेत्रमा विराेध प्रर्दशन तथा काेण सभा भएकाे छ ।
नेकपा क्रान्तिकारी माओवादी र देश भक्त जनतान्त्रिक माेर्चा नेपाल काठमाडौ जिल्ला समितिकाे आयाेजनामा चन्द्रागिरि नगरपालिकाे विभिन्न क्षेत्रमा विराेध प्रर्दशन तथा काेण सभा भएकाे हाे । नेकपा क्रान्तिकारी माओवादी वैद्यका नगर इन्चार्ज सुरेश तामाङले देशलाई वचाउन र राष्ट्रिय स्वाधीनताकाे लडाइँमा यवाहरू सशक्त भएर एकताबद्ध तवरले लाग्नु पर्ने बताए ।
नगर ईन्चाज तामाङले मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसिसि कुनै हालतमा संसदवाट पास हुन वाट राेक्न र जसरी भएपनि खारेजी गरिनु पर्ने उनको भनाई छ ।
काठमाडौंकाे चन्द्रागिरि १२ गुर्जुधारामा भएकाे काेण सभामा बाेल्दै देश भक्त जनतान्त्रिक माेर्चा नेपाल (देजमाे नेपाल) का काठमाडौ जिल्ला समिति अध्यक्ष बन्धु देव पाण्डेले कालापानी,लिम्पियाधुरा,लिपुलेक लगायतका सिमा बचाउ अभियानमा सवै नेपाली एक भएर नेपाली भुमी फिर्ता गराउने अभियानमा सरिक हुनु पर्ने भन्दै राष्ट्रियताकाे पक्षमा सवैले बुलन्द आवाज उठाउनु पर्ने बताए ।
पाटीकाे अभियान अन्तर्गत देशभरि राष्ट्रिय जनजागरण अभियान सञ्चालन भएकाे छ । १० दलिय संयुक्त माेर्चा बनाएर सरकारलाई राष्ट्र विराेधी गतिविधिलाई राेक्न आन्दोलन जारि भईरहेकाे छ ।
फोटो सौजन्य : रोशन  दानी
तपाइँको प्रतिक्रिया ।