सागका स्वर्ण विजेता विजय सिंजालीलाई काब्यको सम्मान

सागका स्वर्ण विजेता विजय सिंजालीलाई काब्यको सम्मान

कपन अनलाइन

काठमाडौं ,फागुन १३। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता विजय सिंजालीलाई काब्य स्कुलले सम्मान गरेको छ । विद्यालयको अभिभावक दिवसका अवसरमा काब्यले विजयलाई सम्मान गरेको हो ।
आफ्नै भूमिमा सम्पन्न १३औं सागमा स्वर्ण जित्दै राष्ट्रको नाम उँचो बनाएको भन्दै काब्यले नगद १० हजार र सम्मानपत्रबाट विजयलाई सम्मान गरेको हो । उनलाई काब्य स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटा र नेपाल सरकारका सचिव सूर्यप्रसाद गौतमले सम्मान गरेका थिए । खेलकुदका माध्यमबाट देशको नाम उँचो बनाउन सफल खेलाडीको हौसला बढाउन विजयलाई सम्मान गरेको प्रिन्सिफल बाँस्कोटाले बताए ।
१३औं सागमा विजयले उसुको थाउलोमा स्वर्ण जितेका थिए । उनले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।
काब्यले यसअघि १३औं सागकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्याललाई पनि नगदसहित सम्मान गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।