चौथो सिएससी कपको उपाधी समता शिक्षा निकेतन र अरुणोदय माबीलाई

चौथो सिएससी कपको उपाधी समता शिक्षा निकेतन र अरुणोदय माबीलाई

कपन अनलाइन

काठमाडौं ,फागुन १३। छहारी शिक्षा सदन द्वारा आयोजित चौथो संसकरणको सिएससी अन्तर बिद्यालय फुटसल कपको उपाधी छात्र तर्फ समता शिक्षा निकेतनले र छात्रा तर्फ अरुणोदय माबीले हात पारेका छन्।

गोकर्णेश्वर माकलबारी स्थित मनकामना फुटसलमा भएको छात्र तर्फको फाइनल खेलमा बिजयी समताले सांग्रिला पब्लिक स्कुललाई टाईब्रेकरमा ११-१० गोल अन्तरले हराएको थियो । निर्धारित समय मा खेल ४-४ गोलको बराबरीमा सकिएपछी खेलको निर्णय टाईब्रेकर बाट गरिएको हो।

यसै गरि छात्रा तर्फ अरुणोदय माविले आयोजक छहारी “बि” लाइ टाईब्रेकर मै ४-३ गोलले पाखा लगाई उपाधी चुमेको हो । सांग्रिला र छहारी ले क्रमस छात्र र छात्रा तर्फ द्वितीय स्थानमा चित्त बुझाए।

अन्य खेलमा छात्र र छात्रा तर्फ क्रमस इस्टपोल माबी र छहारी “ए” तृतीय भए । इस्टपोलले अरुणज्योतिलाई टाईब्रेकरमा ३-१ गोलले हराई आफुलाई तृतीय स्थानमा उभ्यायो ! यसैगरी छात्रा तर्फ छहारी “ए” ले इस्टपोलाइ टाईब्रेकर मै २-१ ले हराई तृतीय भयो।

व्यक्तिगत विधा तर्फ उत्कृस्ट खेलाडी छात्र तर्फ समताका दिपेन्द्र तामांग र छात्रा तर्फ अरुणोदय कि जुतिया राइ छानिए। उत्कृस्ट गोलरक्षक छात्र तर्फ सांग्रिलाका मनोज लामा र छात्र तर्फ छहारीकि आशिका डुम्राकोटी बनिन। उदएमान खेलाडी भने छात्र तर्फ सांग्रिलाका स्योनग्याल लामा र छात्रा तर्फ छहारीकि सबिना तामाङले हात पारिन । बिजयी खेलाडी तथा टिमलाइ गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे , जय देवकोटा मेमोरियल कलेजका प्राचार्य भवानी प्रसाद गौतम र प्वाब्सन गोकर्णेश्वर नगर प्रमुख मदन रेग्मीले संयुक्त रुपमा पुरस्कृत गरे ।

प्रतियोगितामा २२ वटा बिद्यालयका छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमको सहभागिता थियो

तपाइँको प्रतिक्रिया ।