कुलबहादुर थापा र सरस्वती चौधरीलाई अवार्ड

कुलबहादुर थापा र सरस्वती चौधरीलाई अवार्ड

कपन अनलाइन

काठमाडौं ,फागुन १३। नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा आफैले स्थपाना गरेको मनोरन्जनरमण शर्मा अवार्ड राष्ट्रिय भलिबल टिमका कुलबहादुर थापा र सरस्वती चौधरीले सोमबार पाएका छन् ।

अवार्डसंगै दुवैले जनही ३५ हजार नगद प्राप्त गरे ।सोही अवसरमा बंगलदेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता खेलाडी टोली, प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि शर्माले व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप जनही १० हजार नगद पुरस्कार प्रदान गरेका थिए ।
नेपाल स्याटलाइट टेलिकम प्रा.लि. की अध्यक्ष अस्मिता सुमार्गी, अध्यक्ष शर्मा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तपाइँको प्रतिक्रिया ।