वालकुमारी निमाविमा शिक्षा मन्त्रिबाट सम्मान

कपन अनलाइन पुष १७ गते

कपनको एकमात्र निमावि विद्यालय बालकुमारी निमाविले शिक्षा मन्त्रि माधव पौडेलबाट विद्यालयका सहयोगीहरुलाई सम्मान गरेको छ । कपन १ स्थित विद्यालयको प्रांगणमा हिजो भएको विशेष कार्यक्रममा बालकुमारी स्कूललाई स्थापना कालदेखि आजसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने दाता तथा अन्यलाई शिक्षा मन्त्रिको हातबाट सम्मान गरिएको हो । सम्मानित व्यक्तिलाई शिक्षा मन्त्रिले प्रमाणपत्र प्रदान गरेको थिए । कार्यक्रममा गत दुई वर्षको वार्षिक सामाजिक लेखा परीक्षण रिपोर्ट सार्वजनिक गरिएको थियो ।
बालकुमारी निमावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको सक्रियतामा आयोजित विशेष कार्यक्रमम कपनमा क्रियाशील राजनीतिक दलहरुका प्रतिनिधिहरुले विद्यालयको प्रगतिको कामना गरेका थिए । कार्यक्रमलाई नेपाली कांग्रेसका विनोद चालिसे, एमालेका पुण्य पुडासैनी, एमाओवादीका मुरारी भण्डारी तथा राप्रपाका राजाराम सिलावालले मन्तव्य प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बोल्दै शिक्षा मन्त्रि माधव पौडेलले काठमाडौंको सहरमा रहेको सरकारी स्कूलमा यति धेरै विद्यार्थी देखिएको खुशी व्यक्त गर्दै बक्तिमुनीको अँध्येरोजस्तो विद्यालयका विविध भौतिक कमजोरीप्रति दुःख प्रकट गरे । शिक्षा मन्त्रि पौडेलले विद्यालयको विकासको लागि यथासम्भव सहयोग गर्ने वचन दिए ।

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नरेश पौडेल कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयबाट प्राप्त हुनसक्ने शिक्षक कोटा तथा अन्य सहयोग प्याकेज बालकुमारी निमाविलाई पारिदिन शिक्षामन्त्रिलाई अनुरोध गरे । कार्यक्रमका सभापतिसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले भौतिक हिसाबले विद्यालयलाई अझै धेरै काम गर्न आवश्यक रहेको औंल्याउँदै त्यसका लागि व्यवस्थापन समिति कटिबद्ध किसिमले लागि परेको बताए । अध्यक्ष न्यौपानेले विद्यालय संचालनमा योगदान पुर्याउने सबैलाई हार्दिक आभार प्रकट गर्दै आगामि दिनमा पनि सबै तह र तप्काबाट सहयोग हुने आशा व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।