पाँचौ कागेश्वरी पर्यटन महोत्सब सम्पन्न

पाँचौ कागेश्वरी पर्यटन महोत्सब सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन १३। पाँचौ कागेश्वरी  पर्यटन महोत्सब २०७६ सम्पन्न  भएको  छ ।बागमती प्रदेश सरकार, कागेश्वरी मनोहरा नगरपालिका र पाँचौ कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिको आयोजनामा  फागुन ७ गते बुधबार उक्त महोत्सब  सम्पन्न  भएको  हो  ।

पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त  कार्यक्रममा वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुयाँल, ,कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा ,शंखरापुर नगरपालिकाका नगर  प्रमुख सुवर्ण श्रेष्ठ ,नेकपा केन्द्रिय सदस्य ,आरोही अभियान कृष्ण केसि लगायत वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायत नगरका सम्पुर्ण जनप्रतिनिधि ,कलाकार जनसमुदायहरुको बाक्लो उपस्थित रहेको थियो।

विभिन्न व्यावसायिक स्टल र साहसी खेल नेपालकै पहिलो रिभर्स बन्जि समेतले महोत्सव को आकर्षक थपेको थियो।
उक्त महोत्सवको अघिल्लो दिन रास्ट्रिय स्तरका साहित्य अनुरागीहरुको उपस्थितमा खुला र बिधालयस्तर को साहित्य लेखन बाचन आयोजना गरिएको थियो ।

फागुन ५ गते बिहान रास्ट्रीय सेना,ससस्त्र प्रहिबल ,जन पथ प्रहरी र स्थानीयले ,ब्यबस्थापन समितीको आयोजनामा सरसफाइ गरेको थियो। सोही परिसर गागल सहिद उद्द्यनमा जनस्तरबाट संकलन गरिएको कवाडबाट बिस्वकै ठूलो अस्ठ धातु द्वारा बनेको भिमकाय कागको मुर्ती सम्पदा सरुप बनाइदै गरेको तस्बिर सार्बजनिक गरिएको थियो।

 कागेस्वरी मनोहरा नगरपालिका वडा न १ गागल , नागार्जुन शिवपुरी रास्ट्रीय निकुञ्ज को काख मा अबस्थित प्रसिद्द कागेस्वरी धाम पौराणिक मत्व बोकेको पबित्र धार्मिक तिर्थ स्थल हो ।
काठमाडौको उत्तर पुर्ब स्थानमा अबस्थित रहेको प्राकृतिक मनोरम झरना र हरियालीका साथै पर्याबरणिय दृस्ठिले स्वस्छ वातावरणमा सजिएर पर्यटन गन्तव्य रुपमा बिकास हुँदै गरेको यस क्षेत्रमा परम्परा रुपमा भाद्र शुक्ल अस्टमिका दिन भब्य मेला लाग्ने गर्दछ।

उक्त स्थलमा देशै भरिबाट तिर्थालु भक्तजन्हरुको घुइचो लाग्ने गर्दछ।सत्ययुगमा भगवान शिव जि यस स्थानमा आइ अन्तर्ध्यान भएको र माता पार्बतीको इच्छा अनुसार कागले खोजी गरि पत्ता लगाइ गोठ बाट दूध ल्याइ चडाउदा गोठालाहरुले थाहा पाई के रहेछ यहाँ भनी हेर्दा शिवजि प्रकट भएको र कागले इस्वर मानेकाले नै कागेस्वर नाम रहन गएको प्रचलित किम्बदन्ती रहेको पाइन्छ भने अन्य किम्बदन्तीहरु पनि रहेको छ ।

जब सतिले अग्निमा देह त्याग गरिन तब महादेब पागल तुल्य भै सतिको शब वोकी पृथ्वी भ्रमण गर्दा काध पतन भएको श्री स्वस्थानी कथामा उल्लेख गरिएको पाइन्छ भने हिमबत खण्ड पुराण मा भगबान गौतम बुद्ध समेत यस स्थानमा आइ स्नान गरि तप गरिएकोले यस्को महिमा र पबित्रता बढेको भनाइ छ।

अत यस पबित्र स्थललाई धामको रुपमा बिकास गर्न तत्कालीन संविधान सभा सदस्य  रामेस्वर फुयाल को संसद बिकस कोष अन्तर्गत रु १० लाख बिनियोजन गरि २२७ केजिको अस्ट धातुको कागको प्रतिमा बनाइ रास्ट्रिय सम्पदाको रुपमा सो स्थलमा राखे पछि हरेक काग तिहार का दिन पनि मेला लाग्न थालेको र सो स्थानको प्रचार प्रसार र स्थानीय जनजिबन समेतको परिबर्तन गर्ने र आन्तरिक र बायह पर्यटन प्रबर्द्धन गर्ने हेतुले महोत्सव आयोजना गरिदै आएको हो ।

 

तपाइँको प्रतिक्रिया ।