रोयलको विजयी सुरुवात

कपन अनलाइन

काठमाडौं, फागुन १३। आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।

ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित ग¥यो । रोयलका निश्चल महर्जनले २२ स्कोर गरे । निश्चल नै ‘म्यान अफ द म्याच’ बने । त्यसवापत निश्चलले फ्रेस बाइट्सबाट गिफ्ट भौचर प्राप्त गरे ।

पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको रोयल दोश्रोमा २०–२४ ले पछि प¥यो । रोयलले तेश्रोमा १९–१२ र चौथोमा १४–११ को अग्रता लिएको थियो ।

प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले संयुक्त उद्घाटन गरे ।

विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद प्रदान गरिने छ । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमहरुमा आयोजक रोयलसहित जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी, गोल्डेनगेट, बापेक, कास्की, बूढानीलकण्ठ र सोलो बास्केटबल रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।