अव कुनै पनि बहानामा बुढानिलकण्ठ मन्दिर क्षेत्र विस्तार र विकास रोकिदैन :उपप्रधानमन्त्री ईश्वर पोखरेल

अव कुनै पनि बहानामा बुढानिलकण्ठ मन्दिर क्षेत्र विस्तार र विकास रोकिदैन :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,फागुन ९।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले अव कुनै पनि कारण वा बहानामा बुढानिलकण्ठ मन्दिर क्षेत्र विस्तार र विकासमा जोड दिदै त्यस क्षेत्रको काम रोकिनु नहुने बताएका छन।

सोहि मन्दिर रहेको काठमाडौं क्षेत्र नं ५ (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौला ,प्रदेस सभा सदस्य भिमसेन खत्री , प्रदेस सभा सदस्य सिता लामा ,बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल सहित नगरपालिकाका जनप्रतिनिधिको उपस्थिति रहेको  बुढानिलकण्ठ शाक्षर नगर घोषणा कार्यक्रममा पोखरेलले मन्दिर क्षेत्रमा रहेका संरचनाले सो क्षेत्र कुरूप बनाएको बताएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रको पर्यटन प्रवर्धनमा निकै ठुलो योगदान दिने धार्मिक तथा प्राकृतिक सम्पदा बुढानिलकण्ठ क्षेत्रको बृहत विकासमा सबैले सक्रियता पुर्वक लाग्नको लागि आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यस स्थानका स्थानीयले भोगेको अनिश्चय र अनिर्णयको पिडा प्रति दुख व्यक्त गरेका थिए।

आफ्नो चुनावी प्रचारको दौरानमा यस मन्दिर क्षेत्रको विस्तार र विकासलाई विशेष जोड दिएका उपप्रधानमन्त्री पोखरेलले सो क्षेत्रको बस्ति व्यवस्थापन ,सांस्कृतिक र भौतिक पूर्वाधार निर्माणमा आफुले जुनसुकै सहयोग गर्ने प्रतिबदत्ता व्यक्त गर्दै  त्यस स्थानको समस्या समाधानमा खुट्टा नकमाउन नगर प्रमुख खरेललाई आग्रह गरेका छन।

बुढानिलकण्ठ मन्दिरमा देस बिदेसका लाखौ  पाहुना आउदा पनि त्यहाको भौतिक पूर्वाधार र योजनाको कमीले गर्दा आर्थिक उपार्जन र पर्यटन प्रवर्धन गर्न नसकिएको प्रति गम्भीर चासो व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले अव कसैको मुहार ,बास र समस्या हेरेर सो क्षेत्रको विस्तार र विकास नरोकिने धारणा व्यक्त गरेका थिए ।

दशकौ देखि आफ्नो क्षेत्रका जनता अन्यौलता र असुरक्षामा बसेकोमा आफुलाई चिन्ता लागेको बताउदै उनले सो विषयलाई  स्थानीय सरकार र निर्वाचित जनप्रतिनिधिहरुले  प्रमुख चुनौती र अवसरका रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।