बुढानिलकण्ठ नगरपालिका साक्षर नगर घोषणा ,९७ प्रतिसत नगरवासी साक्षर
कपन अनलाइन
काठमाडौं ,फागुन ९।
बुढानिलकण्ठ नगरपालिका साक्षर नगर घोषणा भएको छ। फागुन ८ गते बिहिवार एक औपचारिक कार्यक्रम मार्फत साक्षर नगरपालिका घोषणा गरिएको छ।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र प्रदेस सभा सदस्य दिपक निरौला ,भिम सेन खत्री ,सिता लामा ,जिसस काठमाडौं प्रमुख शिव सुन्दर बैध ,उप प्रमुख सरिता दाहाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा बुढानिलकण्ठलाई साक्षर नगर घोषणा गरिएको थियो ।
२०७५ सालमा गरिएको तथ्याङ्क संकलनको नतिजा २०७६ मा प्रमाणित गरि ९७ प्रतिशतको साक्षरताको तथ्याङ्क अनुसार नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।
२०६८ सालमा ८३.४८ प्रतिशतको साक्षरताको राष्ट्रिय तथ्याङ्क अनुसार बूनपा भित्रको जनसंख्या मध्येमा करिव ९८ प्रतिशत साक्षर रहेको तथ्याङ्क रहेको छ। नितिगत रुपमा ९५ प्रतिशतभन्दा बढि साक्षरता हुनुपर्ने प्रावधान अनुसारको साक्षरता तथ्याङ्कले देखाएको हुँदा नगरपालिकालाई साक्षर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष नगरका प्रमुख उद्धव प्रसाद खरेलले बताएका छन्।
नगरपालिकाको शिक्षा शाखाले उपलव्ध गराएको तथ्याङ्क अनुसार नगरपालिकाभरिका विद्यालयहरुमा १९ सार्वजनिक विद्यालय, ४० मन्टश्वरी, ८० भन्दा बढि माध्यमिक विद्यालयहरु गरि करिव ४० हजार विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिएको पनि तथ्याङ्क शिक्षा जानकारी राखिएको छ।