९ लाख ५१ हजार के केमा खर्च भएछ ?

gagan kharchकपन अनलाइन०७० पुष  ११ गते

काठमाडौं क्षेत्र नं. ४ मा अत्याधिक मतले जितेका नेपाली कांग्रेसका गगन कुमार थापाले हालै निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्चको विवरणमा चुनाव अवधिभर ९ लाख ५१ हजार खर्च गरेको उल्लेख गरिएको छ । सभासद् गगन थापाकोतर्फबाट नेपाली कांग्रेस क्षेत्रीय सचिव श्यामकृष्ण संगतले पुष ७ गते पेश गरेको खर्च विवरणमा उल्लेखित १० बुँदाको खर्च यस प्रकार रहेको छ ।

१. मतदाता नामावली÷ सिडि खरिदः १०,०००
२. सवारी सधान÷माइकिङ गाडिः ३५,०००
३. सवारी इन्धन १७० लिटरः २२,१००
४. पर्चा छपाईः ११०,७४९
५. आमसभाः ११७,०००
६. प्रचारप्रसार, छापा तथा बिद्यूतीय माध्यम, झण्डाः ५४,०००
७. कार्यालय संचालनः ९०,०००
८. कार्यकर्ता परिचालनः १६०,०००
९. बुथ खर्चः २३१,०००
१०. बिबिधः १२१,१५१

तपाइँको प्रतिक्रिया ।