बिष्णुमति कोरिडोरमा एकीकृत जग्गा विकासका लागि छलफल

बिष्णुमति कोरिडोरमा एकीकृत जग्गा विकासका लागि छलफल

कपन अनलाइन

काठमाडौं ,फागुन ३।

बागमती प्रदेस काठमाडौं क्षेत्र -५ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा ४,५,६ र टोखा नगरपालिका वडा २,३,६  मा पर्ने बिष्णुमति कोरिडोरमा एकीकृत जग्गा विकासका लागि छलफल भएको छ।

बिष्णुमति कोरिडोरको विकास र सहर निर्माणका लागी भएको उक्त छलफलमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल , टोखा नगर पालिकाका प्रमुख प्रकाश अधिकारी , बुढानिलकण्ठकि उप प्रमुख रमा राई , टोखाकि उप प्रमुख ज्ञानमाया डङोल सहित सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा प्रदेश सभा सदस्य निरौलाले खोला सिमाना  २०२१ शालको नाप नक्शा  अनुसार नै कोरिडोरमा निर्माण गरिने र कसैले अलि अलि चलाखी र रकम खर्च गरेर खोलाको जग्गामा निर्माण गरेको  भए त्यो अब नचल्ने बताएका थिए ।

यो विषय निकै संवेदनशील  भएकोले यसमा जनता मात्र हैन त्यस्ता सिफारिस गर्ने जन प्रतिनिधि जिम्मेवार हुने र त्यस्को लाभहानिको जिम्मा पनि उनीहरुले लिनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै सो छलफलमा उपस्थित स्थानीय तहका जनप्रतिनिधिले सो कोरिडोरको विकासका लागि आफ्नो तर्फ बाट सकारात्मक सहयोग हुने प्रतिवादत्ता व्यक्त गर्दै यसका लागि सरोकारवाला स्थानीय संग बृहत छलफल गर्दै सो क्षेत्रको विकासमा सक्रिय बन्ने धारणा राखेका थिए।

बागमती प्रदेस सरकार बाट सो जग्गा विकासको डीपीआर निर्माणका लागि बजेट व्यवस्थापन गरेको र त्यसको तयारीका लागि आयोजना गरिएको छलफलमा बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा उपत्यका विकास प्राधिकरणका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।