लुम्बिनी कलेजले प्रायोजन गरेको प्याब्सक अन्तर बिध्यालय फुटसल प्रतियोगीताको दोस्रो दिनका खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौं माघ २३। लुम्बिनी कलेजले प्रायोजन गरेको निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अन्तर-विद्यालय फुटसल प्रतियोगिताको आज दोस्रो दिनका खेलहरु सम्पन्न भएको छ ।“विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिता माघ २४ गते सम्म लुम्बिनी फुटसल ग्राउण्ड, चुच्चेपाटीमा जारी रहेको छ सो प्रतियोगितामा काठमाडौं उपत्यकाका ६० वटा विद्यालयका ६४ वटा टिमको सहभागिता रहेको छ।
आज भएको दोस्रो दिनको पहिलो खेल अंकुर स्कुल र छहारी स्कुल बीच भएको थियो जसमा छहारी स्कुलले अंकुर स्कुललाई १-६ गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरि दोस्रो खेल प्रशान्ति स्कुल र मान्डु स्कुल बीचको खेलमा प्रशान्ति स्कुलले मान्डु स्कुललाइ ३-० गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरि आजै भएको अर्को खेल पायोनियर पब्लिक स्कुल बि र प्रारम्भ स्कुल बीच भएको थियो। जसमा प्रारम्भ स्कुलले पायोनियर पब्लिक स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै आर्को चरणमा प्रवेश गरेको छ भने आजै भएको अर्को खेलमा सगरमाथा स्कुलले के टि एम बोन्साई स्कुललाइ ३-० गोलअन्तरले पराजित गरेको छ ।
त्यसै गरि अर्को खेलमा पायोनियर ए र त्रिनेत्र बीच भएको थियो जसमा त्रिनेत्रले पायोनियर ए लाइ २-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।त्यस्तै ज्ञान चक्षु र प्राक्सिस ए बीच को खेल ३-३ गोल को बराबरीमा सकिए पश्चात खेल पेनाल्टी शुटआउटमा गएको थियो, जसमा प्राक्सिस ए ले ज्ञानचक्षुलाइ ३-१ गोल अन्तरले पराजित गरेको थियो।त्यसै गरि ए जी एम र हाम्रो सन् साइन बीच को खेल पनि १-१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय पेनाल्टी शुट आउट मार्फत लिइएको थियो। जसमा ए जी एमले हाम्रो सन् साइनलाइ २-१गोल अन्तरले पराजित गर्यो ।आजै भएको आठौ खेल फेयरी ल्याण्ड स्कुल र ग्रिनफिल्ड बीच भएको थियो। उक्त खेलमा ग्रिनफिल्डले फेयरी ल्याण्ड स्कुललाइ ३-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको थियो ।त्यसै गरि अर्को खेल ध्रुबतारा स्कुल र प्रिन्सटन स्कुल बीच भएको थियो। उक्त खेलमा ध्रुब तारा स्कुलले प्रिन्सटन स्कुललाई२-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
आज भएको प्रि क्वाटर फाइनल खेल प्रारम्भ र सगरमाथा स्कुल बीच भएको थियो, जसमा सगरमाथाले प्रारम्भ स्कुललाई २-१ गोल अन्तरले पराजित गरेको छ। त्यसै गरि ग्रिनतारा स्कुल र लिटिल मुन बीच भएको खेलमा लिटिल मुनले ग्रिनतारालाइ ५-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । त्यसै गरि आजै भएको अर्को खेल छहारी स्कुल र प्रशान्ति स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा छहारी ले प्रशान्ति स्कुललाइ १-० गोल अन्तरले पराजित गर्न सफल भयो। त्यसै गरि एपेक्स र त्रिनेत्र बीचको खेल २-२ गोलको बराबरीमा सकिए पश्चात पेनाल्टीमा एपेक्सले त्रि नेत्रलाइ ३-२ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ भने प्राक्सिस बि र कान्तिपुर बिचको खेलमा कान्तिपुरले प्राक्सिसलाइ ३-० गोल अन्तरले पराजित गर्न सफल भयो।
त्यसै गरि बोधी सधन र पुष्पलाल स्कुल बिचको खेलमा पुष्पलाल स्कुलले बोधी सधन स्कुललाइ ८-० को भारि गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।आजै भएको आकाश गंगा र ग्रिनफिल्ड बिचको खेलमा ग्रिन फिल्डले आकाश गंगालाइ ५-२ गोल अन्तरले पराजित गर्न सफल भयो। त्यसै गरि जोन स्कुल र भिमेश्वर स्कुलको खेल निर्धारित समय सम्म पनि ०-० बराबरीमा सके पश्चात भएको पेनाल्टी शुट आउटमा जोन स्कुललाइ भिमेश्वर स्कुलले ३-२ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
त्यसै गरि आजै भएको विनायक स्कुल र लिटिल मुन स्कुल बीचको खेलमा विनायक स्कुलले लिटिल मुन स्कुललाइ २-० गोल अन्तरले पराजित गर्न सफल भयो भने आज भएको अन्तिम खेल विट्स एकेडमी र के भि एस बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेल निर्धारित समय सकिदा १-१ गोल को बराबरी भए पछि रेफ्रीले पेनाल्टी शुट आउट मार्फत निर्णय लिएका थिए ।जसमा विट्स एकेडेमीले के भी एस स्कुललाइ ५-४ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
प्रतियोगितामा उत्कृष्ट ४ टिमले नगद पुरस्कार क्रमश १० हजार , ८ हजार , ७ हजार र ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् भने व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक र सर्बाधिक गोलकर्तालाई पुरस्कृत गरिने प्याब्सक अध्यक्ष गेन्द्र लामा ले जानकारी गराए । भोली अन्तिम दिन क्वार्टर फ़ाईनल , सेमी फ़ाइनल र सिर्ष ४ स्थानका लागी खेल हुनेछ।
फोटो : सरोज बस्नेत