तन्त्र !
कपन अनलाइन
काठमाडौं ,माघ १७।चन्द्र वदना घिमिरे/ कविता
लोकतन्त्र नवनोस् अरु तन्त्र
भोकतन्त्र सँग यो परतन्त्र
लूटतन्त्र सँग यो फुट तन्त्र
यो बनोस् अव भोजन तन्त्र ।
गाँस पछि सबको पेट टम्म
टम्म पेट नभए ठग तन्त्र
चल्छ हेर जनमा पिट तन्त्र
बन्न हुन्न अब लौ अलपत्र ।
लोक तन्त्र अव उज्जल तन्त्र
अन्धकार पर भै हट तन्त्र
चम्क दीपक सदा बल तन्त्र
देख्न सुन्न सहजै बन तन्त्र ।
मूल्य होस् सरल लौ जप तन्त्र
पाईयोस् सहजनै भन तन्त्र
पाउने सकलले चिज तन्त्र
खोज्छ यो मुलुकले धन तन्त्र ।
चाहिने हरबखत दिन रात
प्यास मेट्न सँग स्नान र शौचं
पर्ख आउँछ नयाँ युग तन्त्र
पानी प्यास मेट्न अव लौ जल तन्त्र ।
कोर साँध भवको रुपतन्त्र
जाति वर्ग नभनी बलतन्त्र
टुक्रने नगरहै मिल तन्त्र
संघ संघ नवनोस् अलपत्र ।
गाँस बास कपडा प्रगतन्त्र ।
देशकै सबलता रचतन्त्र
रीस राग कपटी मलतन्त्र
फाल बन्न अब निर्मल तन्त्र ।
स्वास्थ्य केन्द्र बहुधा खुलातन्त्र
रोग हट्न सजिलै हुनतन्त्र
स्वस्थ शिक्षित सबै बनतन्त्र
शूल्क भित्र सुविधा मिलतन्त्र ।