पाचौ कागेश्वरी  पर्यटन महोत्सवको तयारी शुरु

पाचौ कागेश्वरी  पर्यटन महोत्सवको तयारी शुरु

कपन अनलाइन 

काठमाडौं ,माघ १६।

यहि फागुन ७ गते हुने पाचौ कागेश्वरी  पर्यटन महोत्सवको तयारी शुरु भएको छ।हरेक वर्ष सो क्षेत्रमा हुने पर्यटन महोत्सवको तयारीका लागि स्थानीयवासीले विभिन्न तयारी शुरुवात गरेका छन ।

स्थानीयहरुको घरमा खेर गैरहेको कवाड संकलन गरेर नेपालको ठुलो अस्ट धातुको काग जुन २ हजार किलोको हुनेछ सो निर्माणका लागि बागमती प्रदेस बाट २९ लाख ६० हजार बजेट बिनियोजन गरेको प्रदेस सभा सदस्य रामेश्वर फुयालले जानकारी दिएका छन ।

२०७४ शालको कागेश्वरी मेलामा २२७ किलोको अस्ट धातुको काग उद्घाटन गरिएको स स्थानमा प्रदेस सरकारको सहयोगमा लोकतान्त्रिक उधान निर्माणको काम पनि द्रुत गतिमा अगाडी बढेको बताउदै फुयालले  सो पार्क सम्म पुग्ने सडक ढलान तथा मर्मत भैरहेको जानकारी दिएका छन।

काठमाडौं उपत्यकाका उत्तरी पर्वत शृंखलाहरुको पर्यटन प्रवर्धनका लागि शुरु गरिएको यस महोत्सवमा फागुन ६ गते प्रतियोगितात्मक कवि सम्मेलन हुनेछ सो कार्यक्रममा  नेपालको ठुलो कागको मुर्ति निर्माणका लागि पुर्व प्रधानमन्त्री माधव नेपालले खड्कुलो प्रदान गरेको फुयालले जानकारी दिए ।

यस पटकको महोत्सवमा स्थानीय खाना ,संस्कृति तथा उत्पादनको प्रवर्धनका लागि महिला समुह तथा संघ संस्था परिचालन गरिएको आयोजकले जानकारी दिएको छ भने कागेश्वरी क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेस्यले खुड्किलो निर्माणको काम पनि द्रुत गतिमा अगाडी बढेको छ ।

काठमाडौं उपत्यकाको काठ क्षेत्रको प्रवर्धनमा यस महोत्सवको ठुलो भूमिका रहेकोले यस पटक करिव १ लाख निमन्त्रणा बाढीने प्रदेस सभा सदस्य फुयालले जानकारी दिएका छन।

त्यस्तै कागेश्वरी धाम संगै उक्त क्षेत्रमा बनभोज स्थल र लोकतान्त्रिक पार्क निर्माण गरिएको छ भने पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकासको काम पनि विशेष प्राथमिकतामा राखेर अगाडी बढाइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।