पुतलीको रुपजस्तै !

पुतलीको रुपजस्तै !

कपन अनलाइन

काठमाडौं, माघ १०/ विजय कट्टेल “छहरा”/ कविता

पुतलीको रुपजस्तै उनका अङ्ग—अङ्ग
त्यहि रुपले मेरो जीवन पार्यो भताभुङ्ग ।

राम्रो फूल देखेँ पछि बसेँ मञ्जरीमा
बस्ता बस्तै रात प¥यो फसेँ जञ्जिरमा
फूल राम्रो हुन्छ भन्थे राम्रो भन्थे रंङ्ग
त्यै रुपले मेरो जीवन पा¥यो भताभुङ्ग ।
पुतलीको रुपजस्तै…………..
त्यहि रुपले मेरो जीवन……….

रातैभरि कक्रिएर बसेँ त्यहिँ बास
जिन्दगी त फूल भन्थें हैन रैछ खास
हेर्न मात्र राम्रो रैछ जवानीको रंङ्ग
टिप्न खोज्दा काँढा विझ्यो भएँ भताभुङ्ग ।
पुतलीको रुपजस्तै………….
त्यहि रुपले मेरो जीवन……….. ।।

तपाइँको प्रतिक्रिया ।