सिन्धुपाल्चोकको पर्यटन प्रवर्धनका लागि शेर्माथानमा अन्तरक्रिया
कपन अनलाइन
सिन्धुपाल्चोक ,माघ ५ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका वडा -२ को शेर्माथानमा पर्यटन प्रवर्धनका लागि सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि लायन्स क्लव अफ सिन्धुपाल्चोकको आयोजनामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेस सभा सदस्य निमा लामा रहेका थिए ।
लायन्स क्लव अफ सिन्धुपाल्चोकका प्रेसिडेन्ट आशिस खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामांगले जिल्लाका विभिन्न पर्यटकीय स्थानको वारेमा प्रस्तुतीकरण दिएका थिए ।
लायन्स क्लव इन्टरनेसनल थर्ड डिस्ट्रिक गभर्नर एडभाइजरी मिटिंग समेत राखिएको सो अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर राजन खत्री ,पुर्व डिस्ट्रिक्ट गभर्नर उत्तम कायस्थ ,सुनिल भक्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
२५४६ वर्ग कीमि मा फैलिएको सिन्धुपाल्चोक जिल्लाका तिन नगरपालिका र ९ गाउँपालिकाका विभिन्न स्थानको पर्यटन प्रवर्धन र त्यसमा लायन्स क्लवको भूमिकाका वारेमा अन्तरक्रिया गर्नुका साथै ति स्थानको प्रवर्धनमा सामाजीक संस्थाले खेल्नुपर्ने भूमिकाका वारेमा वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।