प्रिय युवा साथी !
कपन अनलाइन
काठमाडौँ,माघ ३/ प्रशुराम अधिकारी
प्रिय युवा साथी,
अथाह सम्भावनाको
अनगिन्ती खानीहरु माथि बसेर
कति लाग्ने परदेशीने
एकोहोरो सुगा रटानमा
आफ्नै पौरखीपुर्खा
र मौलिकताको गौरवपूर्ण इतिहास बिर्सेर
आफ्नै आँखाले
दिउँसै देखेको
आफ्नै भूमिको
समृद्धिको सपना कुल्चेर
कति सुन्ने कति सुनाउने
हरेक दिन
विरानो देशमा
नभोगिएका
रङ्गीन भविष्यमा कल्पनाहरु
प्रकृतिले सिर्जिएको रसिलो
वीरताको पौरखी मूलखाबोले अड्याएको
अर्गानिक क्यानभासमा
र प्रविधि मिश्रित सिर्जनाका
सम्भावित सुन्दर चित्रकोर्न ठिक्क पारिएका
रङ र कुचीहरुलाई लत्याएर
कतिभौतारिने
गिदी नै हल्लिने गरी
हरिया पासपोर्ट बोकेर
भोलिको
झिलीमिली खुशी सजाउने अभिलाशामा
बेरसिला, स्वादहिन मरभूमितिर
आफ्नोपन
आफ्नो मन
आफ्नो धन
आफ्ना जन
सबै छोडेर
कहाँजाने हामी?
जबरजस्ती अर्काको दासता स्वीकारेर
कहाँ पुग्छौं हामी?
भो, भयो
छाडिदिउँ अब
लहैलहैमा
पिछलग्गुभएर बरालिन
उर्जाशील स्वर्णीम समयका
प्रत्येक पलहरुले
हामीलाई गिज्याईरहेका छन् ।
कलकल बगेका बेवारिसे खोल्साहरुले
लहल हमौलाएका छरपस्ट घाँसका बुट्यानहरुले
ब्वाब्वा कराइरहेका भोका गोपीगाईका बथानहरुले
चरचरी चिरिएका टारी खेतका बाँझा गराहरुले
हामीलाई नै बोलाइरहेको छ ।
जन्मिएका, नजन्मिएका भावी पुस्ताहरुले
नलेखिएका पछिका सुनौला समृद्धिका इतिहासहरुले
तिव्र गतिमा दौडिएका विकासका कथाहरुले
र भोग्नबाँकी आउँदा सुन्दर क्षणहरुले
हामीलाई नै सम्झिरहेको छ,
कतै कल्पनामाआज
र भोलिकाहजारौं वर्षहरुसम्म
सम्झिएको हुनेछ ।
त्यसैले,
प्रिययुवा साथी
लौन अब त
जागौं–उठौं–लागौं
सुन्दरताको हाम्रो आफ्नै परिभाषाबनाऊँ
साना–साना असल कर्मका रैथाने दृष्टान्तहरु संगालेर
समृद्धिको हाम्रो आफ्नै अनुपम किताबहरु लेखाऊँ
जहाँ,
हाम्रा करेसाबारीह मा लहलह परिश्रमको पाठ होस्
र विस्तारै विस्तारै
फिरङ्गीको त्यो दूर देशका
कलिला नानीहरुको ओठमा पनि
फैलिएको हाम्रै ढुङ्ग्राको स्वादहोस्
प्रिययुवा साथी,
हाम्रो पाखुरीमादम छ
हामीमा के कम छ ?
गोकुलगंगा गाउँपालिका–५, नामाडी, रामेछाप