हुन्छ धेरै अबेला !
कपन अनलाइन
काठमाडौँ,माघ ३ /त्रिलोचनआचार्य/कविता
आमा रुन्छिन् पिलपिल गरी दुख्छ छाती भनेर
हल्लायो रे सकल मुटु त्यो, शत्रु जागाबनेर
चुस्दैछन् रे रगतबलिया, स्वार्थको खेली खेला
भन्छिन् बुझ्नै पनि पछि परे, हुन्छ धेरै अबेला ।
मेरो इच्छा जरुर भरिलो फाँट मैदानझर्ने
धर्तीमाता संगसंग बसीगीत संगीतभर्ने
वाधागर्ने तर अगतिलाप्रश्नको चल्छ भेला
रुन्चे बन्दै अझ पछि परे, हुन्छ धेरै अबेला ।
सीमा सार्नेसंग किन सधैँ हेपिएको भनेर
चौडा तिस्टा पर छ किनहो चेपिएको भनेर
सोध्लिन् छोरी भनुँ म कसरी भोगिएकाझमेला?
बैरी चिन्नै पनिकिनयहाँ, हुन्छ धेरै अबेला?
गर्दै चिल्लावचनउसले भन्छ पानी म ्पाऊँ
भन्लाचोर्दै श्रम र पसिनात्यो जवानी म पाऊँ
मीठो बोलीकनअझ छुरा हान्छ पारेर फेला
लाटो बन्दै अलमल गरे, हुन्छ धेरै अबेला ।
भन्छन् पुर्खाकिनविकल भै खप्दछौ चार चाला
हेर्दै बस्दा विविधनखरा चुस्छ छेडेर छाला
कोशीकाली सकलदुनियाँ हेर्न छाडेर मेला
जोगाऊँ यो घर, पछि परे, हुन्छ धेरै अबेला ।