कपनबाट करिब १२५०० परिचय पत्र बाँडियो
कपन अनलाइन मंसिर २ गते
काठमाडौं क्षेत्र नं. ४ मा सबैभन्दा धेरै मतदाता भएको कपन गाविसबाट आजसम्म करिब ९० प्रतिशत मतदाता परिचयपत्र वितरण भएको छ । १४९६७ मतदाता रहेको यो गाविसमा रहेको सबैभन्दा धेरै जनसंख्या भएको वडा नं. ३ मा अझै करिब १२०० मतदाता परिचयपत्र वितरण भएको छैन भने त्यसपछिको सबैभन्दा बढि मतदाता भएको वडा नं. १ मा अझै ७०० मतदाताले परिचयपत्र लिन आएका छैनन् । तीन दिनदेखि वितरण भैरहेको मतदाता परिचयपत्र वितरण गर्ने कार्यको आज अन्तिम दिन हो । त्यसैगरी कपनको अर्को मतदान केन्द्र ग्रामशिक्षा स्कूल र यज्ञमती स्कूल मा पनि करिब १०० मतदाताले अझै मतदाता परिचयपत्र लिएका छैनन् । मतदाता परिचयपत्र नलिए पनि मतदानका दिन नागरिकता परिचयपत्रका आधारमा मतदान दिइने भएकोले मतदाता परिचयपत्र नहुँदा पनि खासै असर नपर्ने एक मतदान अधिकृतले कपन अनलाइनलाई बताए ।
तपाइँको प्रतिक्रिया ।